कप्तान परेरालाई कोरोना संक्रमण
सोमबार, ३२ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंकाका कप्तान कुसल परेरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
श्रीलंका क्रिकेटले सोमबार विकेटकिपर ब्याट्सम्यान परेरालाई कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।
आइतबार गरिएको पीसीआर परिक्षणमा उनको नतिजा पोजेटिभ आएको श्रीलंका क्रिकेटले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना संक्रमण देखिएपछि उनले दक्षिण अफ्रीकासँगको सिरिज गुमाउने सम्भावना बढेको छ ।
३० वर्षीय परेराले श्रीलंकाका लागि २२ टेस्ट, १ सय ७ एकदिवसीय र ५० टी-ट्वान्टी खेलेका छन् ।





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)