काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले पहिलो टेस्टमा पाकिस्तानलाई पराजित गरेको छ ।
किङ्सटनमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
पाकिस्तानबाट प्राप्त १ सय ६८ रनको लक्ष्य वेस्ट इन्डिजले ९ विकेट गुमाएर पूरा गर्यो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि जेर्मेईनी ब्लाकउडले ५५ रनको इनिङ्स खेले । केमार रोचले अविजित ३० रन जोड्दा रास्टोन चेजले २२ रन बनाए ।
पाकिस्तानका शहिन साह अफ्रिदीले ४ विकेट लिए । हसन अलीले ३ फाहिम आश्रफले २ विकेट लिए ।
यस अघि दोस्रो इनिङ्समा पाकिस्तानले अलआउट हुँदै २ सय ३ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले ५५ रनको इनिङ्स खेल्दा अबिद अलीले ३४ रन बनाए । मोहमद रिजवानले ३० रन जोडे भने हसन अलीले २८ रन बनाए ।
वेस्ट इन्डिजका जयडेन सालेसले ५ विकेट लिए । केमार रोचले ३ विकेट लिए ।
पहिलो इनिङ्समा पाकिस्तानले २ सय १७ रन बनाएको थियो ।
यस्तै वेस्ट इन्डिजले २ सय ५३ रन जोडेको थियो ।
दुई टोलीबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।