काठमाडौं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रयोजक केटीएम सिटीले एन्फा सोरुम सञ्चालनमा ल्याएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा रहेको केटीएम सिटीको दोस्रो तल्लामा एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार सोरुमको उद्घाटन गरेका थिए ।
सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री प्राप्त गर्न सकिनेछ ।
यस वर्षदेखि राष्ट्रिय फुटबल टिमलाई शेर्पा आउटडोरको केटीएम सिटीले मुख्य प्रायोजन गरेको छ । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेण्डरमा केटीएमल सिटीले सर्वाधिक रकम प्रस्ताव गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक कम्पनी बनेको हो ।
एन्फासंग औपचारिक सहकार्य सुरु गरेको केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । एन्फा सोरुम पहिलो पटक सञ्चालनमा ल्याएको कम्पनीको दाबी छ । दरबारबार्गस्थित केटीएम सिटीको दोस्रो तल्लामा रहेको सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी सहित खेल सामाग्री उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसंगको सहकार्यले फुटबलको व्यवसायीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु गर्वको विषय भएको बताए । उनले फुटबलसंगै अन्य खेलमा समेत केटीएम सिटीले योगदान गर्न चाहेको उल्लेख गरे ।
केटीएम सिटीले राष्ट्रिय फुटबल टिम बाहेक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरेको छ ।
भिडियो -