काठमाडौं । भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ ।
शनिबार युथ स्पोर्ट्स क्लब ईन्डियाको सहयोगार्थमा गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरेको हो ।
भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दिपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्दवनारायण श्रेष्ठले ५ सय बल हस्तान्तरण गरेका थिए ।
विरहरुको देश नेपालमा जन्मिएको जन्मिएकोसँग जोडिन पाउँदा निकै खुशी लागेको त्यसमा पनि सहयोग गर्न पाउँदा निकै भाग्यमानी आफुलाई ठानेको भारतीय युथ काउन्सिलका अध्यक्ष दिपक कडारियाले बताए ।
अहिले पोलब्रेकर्स खेल नेपाल, भारत, भुटान, कतार र अमेरिकामा गरि ५ देश पुगेको नेपाल पोलब्रेकर्स संघका अध्यक्ष उद्दव नारायण श्रेष्ठले बताए ।
बिस्तारै यो नेपाली खेल विश्वभर फैलिएर नेपाल र नेपालीको नाम विश्वभर चम्किने अध्यक्ष श्रेष्ठको विश्वास रहेको छ ।
अर्को वर्ष कोरोना महामारी कम भयो भने दक्षिण एशियाली राष्ट्र बीच पोलब्रेक प्रतियोगिताको आयोजना गर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।