काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा ब्याट्सम्यान जोए रुटले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् ।
लर्ड्समा भारतविरुद्ध जारी दोस्रो टेस्टमा १ सय १५ रन जोडेसँगै रुटले ९ हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।
३० वर्षीय रुट टेस्टमा ९ हजार रन पूरा गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी हुन् । यस अघि एलिस्टर कुकले ९ हजार रन पूरा गरेका थिए ।
यस्तै रुट टेस्टमा ९ हजार रन पूरा गर्ने १६ औं ब्याट्सम्यान बने ।
रुटले शनिबार करियरको २२ औं टेस्ट शतक समेत पूरा गरेका छन् ।