काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।
लर्ड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ ।
दोस्रो दिनको खेल सकिदासम्म पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ ।
इंग्ल्यान्डका कप्तान जोए रुट ४९ रनमा अविजित रहेका छन् । जोनी बेयर्स्टो ६ रनमा अविजित छन् ।
यस्तै रोरी ब्रुन्स ४९ रनमा आउट भए भने डम सिब्लीले ११ रन जोडे ।
भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो ।
भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले
रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए ।
रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । मार्क उड र ओली रोबिनसनले २/२ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।