काठमाडौं । अष्ट्रेलियाका कप्तान आरोन फिन्चको घुँडाको चोटको शल्यक्रिया सफल भएको छ ।
अष्ट्रेलिया क्रिकेटले फिन्चको बिहीबार सफल शल्यक्रिया भएको जनाएको छ ।
फिन्चले वेस्ट इन्डिज भ्रमण दौरान दाहिने घुँडाको चोट बोकेका थिए ।
चोटकै कारण फिन्चले बंगलादेश भ्रमण गुमाएका थिए ।
३४ वर्षीय फिन्चको चोट ठिक हुन करिब १० हप्ता लाग्ने बताईएको छ ।
टी-ट्वान्टी विश्वकप अघिसम्म उनी ठिक हुने अनुमान गरिएको छ ।
युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।