काठमाडौं । दक्षिण अफ्रीकाका पूर्व ब्याट्सम्यान एस्वेल प्रिन्स बंगलादेश क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् ।
बंगलादेशले २०२२ को टी-ट्वान्टी विश्वकपसम्मको लागि प्रिन्सलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको हो ।
दक्षिण अफ्रीकाको पश्चिम प्रदेशको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर प्रिन्स बंगलादेशी टोलीको कोचिङ टिममा सामेल भएका हुन् ।
४४ वर्षीय प्रशिक्षकले बंगलादेशी टिमका लागि यस अघि पनि काम गरिसकेका छन् । गत जुलाईमा जिम्बावेविरुद्धको सिरिजमा उनले ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए ।
पूर्व कप्तान समेत रहेका प्रिन्सले दक्षिण अफ्रीकाका लागि सबै फर्म्याटमा गरि १ सय १९ खेल खेलेका थिए ।