काठमाडौं । घरेलु टिम इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार भारतले उत्कृष्ट सुरुवात गरेको छ ।
लर्ड्समा जारी टेस्टको पहिलो दिन सकिदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
भारतका लागि केएल राहुलले शतकीय इनिङ्स खेले । अविजित रहदै क्रिजमा रहेका राहुलले १ सय २७ रन बनाएका छन् । अजिन्का रहाने १ रन बनाएर खेलिरहेका छन् ।
यस अघि भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।