काठमाडौं । अष्ट्रेलिया सरकारले जापानमा सम्पन्न टोकियो ओलम्पिक खेलेर फर्किएका खेलाडी र अफिसियललाई २८ दिनको क्वारेन्टिन अवधि तोकेको छ ।
डेल्टा भेरिअन्टको कोभिडको जोखिमलाई मध्यनजर गर्दै अष्ट्रेलियाले खेलाडीलाई २८ दिनको क्वारेन्टिन तोकेको हो ।
अष्ट्रेलियाले खेलाडीलाई सिड्नीमा दुई साता र आफ्नो प्रदेश पुगेपछि फेरि दुई साता क्वारेन्टिनमा बस्नु पर्ने नियम लगाएको हो ।
अष्ट्रेलिया ओलम्पिक कमिटिले भने यस व्यवहारलाई क्रुरको संज्ञा दिएको छ ।
'अन्य देशका खेलाडीहरु आफ्नो देश फर्केर खुसीयाली मनाईरहेका छन् । हाम्रोमा भनेसबैभन्दा क्रूर र लापरबाही व्यवहार भएको छ,’ अष्ट्रेलियाको एओसीले भनेको छ ।
अष्ट्रेलियाको एओसीले सरकारले खेलाडीमाथि दण्डित गरेको समेत जनाएको छ ।
'ओलम्पिकमा गर्वका साथ देशको प्रतिनिधित्व गर्नका लागि उनीहरुलाई दण्डित गरिएको छ,' एओसीले भनेको छ ।
टोकियो ओलम्पिकमा अष्ट्रेलियाले १७ स्वर्णपदक सहित ४६ पदक जितेको थियो ।