एजेन्सी । घरेलु टिम बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज ४-१ ले जितेको छ ।
ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज अआफ्नो बनाएको हो ।
शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो ।
बंगलादेशी बलर चम्किएपछि अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सिमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो ।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो थियो ।
बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए ।
सौम्य सरकारले १६ रन बनाए भने महेदी हसनले १३ रन जोडे । शकिब अल हसनले ११ रन बनाए ।
अष्ट्रेलियाका डान क्रिस्टियन र नाथन एलिसले २/२ विकेट लिए ।