काठमाडौं । बजाज पल्सरले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ ।
ईपीएल क्रिकेटलाई बजाजले 'टाइटल स्पोन्सर'को रुपमा प्रायोजन गरेको हो ।
ईपीएल क्रिकेटले सोमबार बजाज पल्सरको हंशराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता गरेको छ ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्दका अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि प्रतियोगिताको नाम बजाज पल्सर ईपीएल हुनेछ । सम्झौता रकम गोप्य राखिएको छ ।
सम्झौतापछि बोल्दै अध्यक्ष गोल्छाले नेपाली खेलकुद अघि बढोस भनेर कोभिडको अवस्थामा समेत ईपीएलसँग जोडिएको बताए ।
ईपीएलका प्रबन्ध निर्देशक अख्तरले पल्सरसँग जोडिएसँगै ईपीएलको नयाँ यात्रा सुरु भएको बताए । उनले सरकारको निर्देशन पालना गर्दै प्रतियोगिता आयोजना गरिने बताए ।
चौंथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।