एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ ।
वर्षाको कारण पाँचौं दिन आइतबार दुई टिमबीचको खेल बराबरीमा टुंगिएको हो ।
दुई टिमबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।
नटिंघममा भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको थियो ।
आफ्नो दोस्रो इनिङ्सको खेल थालेको भारतले शनिबारसम्म १ विकेट गुमाएर ५२ रन बनाएको थियो । तर, आइतबार वर्षाको कारण खेल सुरु नहुदै रद्द गरिएको थियो ।
शनिबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएपछि भारतले २ सय ९ रनको लक्ष्य पाएको हो ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्स कप्तान जोए रुटले १ सय ९ रनको शतकीय इनिङ्स खेले । यस्तै साम करणले ३२ रन जोड्दा जोनी बेयर्स्टोले २० रन बनाए ।
डम सिब्ली २८ रनमा आउट भए भने डान लरेन्सले २५ रन जोडे ।
भारतका जस्प्रित बुम्राहले ५ विकेट लिए । मोहमद सिराज र सार्दुल ठाकुरले २/२ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको थियो ।
भारतले पहिलो इनिङ्समा २ सय ७८ रन बनाएको थियो ।
पहिलो इनिङ्समा भारतका केएल राहुलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रविन्द्र जडेजाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । जेम्स एन्डरसनले ४ विकेट लिए ।