आर्सनलमाथि टोटेनहमको जित
आइतबार, साउन २४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको घरेलु मैदानमा घरेलु टोलीलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।
सनले ८८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाएका हुन् ।






-1762856022963.jpg&w=3840&q=75)






