काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा भारतका राकेश कुमार काशिभाई गोहिल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको छ ।
क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो ।
क्यानले गत असार ३० गते फिटनेस ट्रेनरको लागि दरखास्त आह्वान गरेको थियो ।
फिटनेस प्रशिक्षक राकेश अष्ट्रेलियाबाट लेभल-२ कोर्स उत्तीर्ण फिटनेस प्रशिक्षक हुन् ।
राकेशसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टिमसँग काम गरेको अनुभव रहेको छ ।
राकेश नेपाली टिमसँग सामेल भईसकेका छन् ।
नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रशिक्षण गरिरहेको छ ।
क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।