डर्टमण्डको जितमा हालाण्डको ह्याट्रिक
आइतबार, २४ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको पहिलो खेलमा सहज जित निकालेको छ।
डर्टमण्डले शनिबार राति तेस्रो डिभिजनको क्लब विहेन विस्बाडेनलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले ह्याट्रिक पूरा गरे।
खेलको २६ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३१ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ५१ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए।
जर्मन कप अन्तर्गत नै आरबी लाइपजिगले पनि जित निकालेको छ।
लाइपजिगले सान्धउसेनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।









-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
