एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले जितका लागि २ सय ९ रनको लक्ष्य पाएको छ ।
नटिंघममा शनिबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएपछि भारतले २ सय ९ रनको लक्ष्य पाएको हो ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्स कप्तान जोए रुटले १ सय ९ रनको शतकीय इनिङ्स खेले । यस्तै साम करणले ३२ रन जोड्दा जोनी बेयर्स्टोले २० रन बनाए ।
डम सिब्ली २८ रनमा आउट भए भने डान लरेन्सले २५ रन जोडे ।
भारतका जस्प्रित बुम्राहले ५ विकेट लिए । मोहमद सिराज र सार्दुल ठाकुरले २/२ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको थियो ।
भारतले पहिलो इनिङ्समा २ सय ७८ रन बनाएको थियो । पहिलो इनिङ्समा भारतका केएल राहुलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रविन्द्र जडेजाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । जेम्स एन्डरसनले ४ विकेट लिए ।