काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १५ औं दिनको खेल सकिदा ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
शनिबारसम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण पदकसहित कुल १०८ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५६ पदक जितेको छ ।
रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित ६९ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन २० स्वर्णसहित कुल ६३ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली,नेदरल्यान्ड्स र जर्मनीले समान १० स्वर्ण जितेका छन् ।
फ्रान्सले ९ स्वर्ण जित्दा ब्राजिल र न्युजिल्याण्डले ७/७ स्वर्ण जितेका छन् ।
क्यानडा, हंगेरी, दक्षिण कोरिया र क्युबाले ६/६ स्वर्ण हात पारेका छन् ।
पोल्याण्ड, चेक रिपब्लिक, नर्वे र जमैकाले ४/४ स्वर्ण जितेका छन् ।
त्यस्तै स्पेन, इरान, स्विडेन, केन्या, डेनमार्क, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन् ।
दुई स्वर्ण जित्ने राष्ट्रमा जर्जिया, टर्की, इजरायल, उज्वेकिस्तान, बुल्गेरिया, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, सर्बिया र युगान्डा छन् ।
त्यस्तै २३ राष्ट्रले १/१ स्वर्ण पदक जितेका छन् ।