एजेन्सी । घरेलु टिम बंगलादेशविरुद्धको चौंथो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ ।
ढाकामा शनिबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले पराजित गरेको हो ।
शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय ५ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डान क्रिस्टियनले ३९ रन जोडे । एस्टन अगरले २७ रन जोड्दा मिचेल मार्शले ११ रन बनाए ।
बंगलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
बंगलादेशका लागि मोहमद नाइमले २८ रन जोड्दा महेदी हसनले २३ रन बनाए । यस्तै अफिफ होसेनले २० रन तथा शकिब अल हसनले १५ रन बनाए ।
अष्ट्रेलियाका एन्ड्रयू टे र मिचेल स्विपसनले ३/३ विकेट लिए । जोस हाजलउडले २ विकेट लिए ।
चौंथो खेल जितेपनि अष्ट्रेलियाले पाँच खेलको सिरिज यस अघि नै गुमाईसकेको छ । अष्ट्रेलिया बंगलादेशविरुद्ध ३-१ ले पछि रहेको छ ।