उनी २७ वर्षका खेलाडी थिए, तर उनले १८ र १९ वर्षको उमेरमा छँदा गरेको ट्विट बाहिर आयो । ती सबै अश्लिल र भद्दा ट्विट थिए । के के न भने जस्तो गरेर हावादारी प्रतिक्रिया दिएका थिए ।
तिनै पुराना ट्विटले अन्तत: उनलाई केही समयका लागि प्रतिबन्ध लगायो । उनी भन्छन्, ‘ती निकै गाह्रो समय थियो, सायद यत्तिको गाह्रो मैले आफ्नो खेल जीवनमा कहिले पनि सामना गरेको थिइनं ।’
सायद उनका खराब दिन गए भनौं । उनले दोस्रो मौका पाएका छन् र अहिले भारतविरुद्ध नटिंघममा भइरहेको टेस्ट खेलिरहेका छन् ।
खासमा रोबिन्सनको घटना सबैका लागि शिक्षा हो, अझ सार्वजनिक जीवन व्यतित गर्नेका लागि । सबैले बुझौं, कुनै पनि बेला गरिएको यस्तै अश्लिल र भद्दा ट्विटले कसैलाई पनि समस्यामा पार्न सक्छ, त्यो पनि चर्को समस्या नै ।
–बीबीसीको सहयोगमा ।