सबैभन्दा पहिला सन् २००२ फर्कौ न । न्युजिल्यान्ड टिम बसेको कराँचीको होटलमै बम बिष्फोट भएको थियो । अझ सन् २००९ मा त लहोरमा श्रीलंकाली टिम चढेको बसमाथित नै आक्रमण भएको थियो । यी दुई घटनापछि त विदेशी टिम पाकिस्तान नै जान छाडेको थियो । सबैको भनाइ थियो, पाकिस्तान सुरक्षित छैन् । ज्यानै जोखिम हुन्छ, पाकिस्तानमा ।
तर अहिले यस्तो स्थिति रहेन् । पछिल्ला वर्ष जिम्बावे, श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले पाकिस्तानको भ्रमण गरिसकेको छ । अब पालो न्युजिल्यान्डको । पाकिस्तानी क्रिकेट बोर्डका अनुसार न्युजिल्यान्डले खेल्ने सबै खेल कित लहोरमा हुनेछ, होइन् भने रावलपिन्डीमा । अन्यत्र खेल हुने छैनन् ।
बोर्डले भनेको छ, ‘वान डे विश्वकपको फाइनल खेलको टिम, विश्व टेस्ट च्याम्पियनसिप अनि ट्वान्टी ट्वान्टी सिरिजको तेस्रो वरीयताको टिम पाकिस्तान आउन लागेको छ । यसले पाकिस्तानी क्रिकेट समर्थक खुसी हुने छन् नै, त्यो भन्दा ठूलो सन्देश यो सिरिजले दिनेछ र यो हो, पाकिस्तान अब सुरक्षित छ ।’
कडा सुरक्षा व्यवस्थाबीच विदेशीका लागि पाकिस्तान सुरक्षित महसुस हुन थालेको छ र यसै कारण विदेशी टिम पाकिस्तान आउन तयार हुन थालेका हुन् । न्युजिल्यान्ड क्रिकेटका प्रमुख कार्यकारी डेविड ह्वाइटले भने आफ्नो देशको टिम पाकिस्तान भ्रमणका लागि उत्सुक रहेको बताएका छन् । यो सबै वास्तवमै पाकिस्तानी क्रिकेटका लागि मात्र होइन्, पूरा देशकै लागि सुखद समाचार रहेको छ ।