एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आईसीसी टी-ट्वान्टी विश्वकप गुमाउने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहीबार आर्चरले विश्वकप गुमाउने जनाएको छ ।
हातको कुहिनोको चोटको कारण आर्चरले विश्वकप गुमाउने बोर्डले जनाएको छ ।
टी-ट्वान्टी विश्वकप अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुनेछ ।
आर्चरले गत मे महिनामा चोटको शल्यक्रिया गरेका थिए ।
उनी गत महिनाबाट मैदान फर्किएका थिए । तर, उनले फेरि चोट बोकेका छन् ।
यस्तै आर्चरले अष्ट्रेलियाविरुद्धको एसेज सिरिज समेत गुमाउने छन्।
सन् २०२१/२२ को एसेज सिरिज अष्ट्रेलियामा हुनेछ ।
पाँच खेलको सिरिज डिसेम्बर देखि जनवरीसम्म हुनेछ ।