एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान इयान मोर्गनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु खेल्ने भएका छन् ।
इंग्ल्यान्डको बंगलादेश भ्रमण सरेपछि मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने भएका हुन् ।
मोर्गन कोलकत्ता नाइट राइडर्समा आबद्द रहेका छन् । उनी टिमका कप्तान समेत हुन् ।
कोरोनाको कारण रोकिएको आईपीएलका बाँकी खेलहरु युएईमा आयोजना हुनेछ । जुन सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ ।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
मोर्गन आबद्द कोलकत्ता सातौं स्थानमा रहेको छ ।