बायर्न र ब्रेमेरबीचको खेल स्थगित
बुधबार, २० श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मन कप फुटबलको पहिलो चरण अन्तर्गत बायर्न म्युनिख र ब्रेमेर एसभीबीचको खेल स्थगित भएको छ ।
ब्रेमेरका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले ब्रेमेरसँग शुक्रबार प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो ।
तर, खेल अघिको पीसीआर परिक्षण गर्दा खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको हो ।
एक खेलाडीमा कोरोना देखिएपछि ब्रेमेरका टिम क्वारेन्टिनमा बसेको बताईएको छ ।
बायर्नले बोरुसिया मन्छेनग्लाडबाखसँग खेल्दै बुन्डेसलिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।
मन्छेनग्लाडबाखको घरेलु मैदानमा हुने खेल अगस्ट १३ मा हुनेछ ।









-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
