बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेल्सीलाई फरवार्ड भेट्न गाह्रो

बुधबार, २० श्रावण २०७८खेलपाटी संवाददाता
चेल्सीलाई फरवार्ड भेट्न गाह्रो
Loading ad...
mustang rice ad

एजेन्सी । लण्डन क्लब चेल्सी नयाँ सिजन फरवार्डको खोजीमा छ । मुख्य फरवार्ड नहुँदा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई खासै चुनौती दिन नसकेको चेल्सी नयाँ सिजन उत्कृष्ट फरवार्ड स्टामफोर्ड ब्रिज उतार्न चाहन्छ ।

गत सिजन चेल्सीले च्याम्पियन्स लिग जित्यो । तर समग्रमा कुनै पनि फरवार्डले राम्रो खेल्न सकेनन् । मुख्य फरवार्डको रुपमा आएका टिमो वार्नरले लय समात्न सकेका छैनन् । सोही कारण चेल्सी लण्डन क्लबका लागि भरपर्दो फरवार्डको खोजीमा छ । तर चेल्सीले फरवार्ड पाउन सकेको छैन ।

क्लब सम्हालेको पहिलो सिजनमै प्रशिक्षक थोमस टुचेलले चेल्सीलाई च्याम्पियन्स लिग जिताए । उनी लण्डन क्लबलाई घरेलु लिगमा समेत बलियो बनाउन चाहन्छन् । त्यसका लागि राम्रो फरवार्डको खोजी छन्, टुचेल ।

चेल्सी समेत टुचेलको माग अनुसारको खर्च गर्न तयार छ । तर क्लबले राम्रो फरवार्ड भेट्न सकेको छैन । बोरुसिया डर्टमण्डका इर्लिङ हालान्ड र इन्टर मिलानका लुकाकुलाई चेल्सीले राखेको प्रस्ताव अस्विकार भएको छ ।

इन्टर मिलानले भर्खरै रोमेलु लुकाकुका लागि चेल्सीको प्रस्ताव अस्विकार गर्यो । लण्डन क्लबले लुकाकुका लागि ८५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

बोरुसिया डर्टमण्डका फरवार्ड इर्लिङ हालान्ड ल्याउने प्रयास बिफल भएपछि चेल्सीले २८ वर्षिया लुकाकुमा प्रयास थालेको थियो । यस समर ट्रान्सफरमा चेल्सीले हालान्डलाई मुख्य प्राथमिकतामा राखेको थियो ।

यसै सिजन जाडोन साञ्चोलाई म्यान्चेष्टर युनाइटेड पठाएको डर्टमण्डले हालान्ड नबेच्ने निर्णय गरेको छ । हालान्ड समेत क्लबमै खुसी देखिएका छन् ।

यता सिरि ए क्लब इन्टर वित्तिय समस्या झेलिरहेको छ । तर क्लब बेल्जियमका अन्तराष्ट्रिय फरवार्ड राख्नमा दृढ देखिन्छ ।

लुकाकु चेल्सीका पूर्व खेलाडी हुन् । गत सिजन इन्टरले सिरि एको लिग जित्दा लुकाकु निर्णायक खेलाडी रहे ।

चेल्सी स्पेनिस डिफेन्डर मार्कोस एलान्सोलाई इन्टरसंगको सम्झौतामा राख्न तयार देखिएको थियो ।

चेल्सीले लुकाकुका लागि नयाँ प्रस्ताव राख्ने अपेक्षा गरिएको छ । तर इन्टर लण्डन क्लबको प्रस्तावलाई अस्विकार गर्न सक्षम रहेको बताउछ । लुकाकुले समेत इन्टरमा रहने इच्छा देखाएका छन् ।

लुकाकुले सन् २०११ देखि २०१४ सम्म तीन सिजन चेल्सीबाट १५ पटक खेले । त्यसपछि चेल्सीले एभर्टनलाई लोनमा दिएको थियो । उनी पुन चेल्सीसंग जोडिन खोजेका थिए । त्यही समय म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले लुकाकुलाई ७५ मिलियन पाउण्डमा किनेका थिए ।

लुकाकुले ९६ खेलमा युनाईटेडका लागि ४२ गोल गरे । उनी सन् २०१९ मा कीर्तिमानी मुल्यमा इन्टर आएका थिए । उनले इन्टरसंग ५ वर्षका लागि ८० मिलियन युरोको सम्झौता गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य