काठमाडौं । इंग्ल्यान्डले पाँच टेस्ट सिरिजको पहिलो खेलमा बुधबार भारतको सामना गर्दैछ । यससँगै वर्ल्ड टेस्ट सिरिज (डब्लूटीसी) को नयाँ चक्र पनि सुरु हुनेछ ।
दुवै टिमले पछिल्लो समय एउटै प्रतिद्वन्द्वीसँग हारको सामना गर्नु परेको छ र त्या हो, न्युजिल्यान्ड । इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध टेस्ट सिरिज गुमाएको थियो ।
भारत भने डब्लूटीसीको फाइनलमै न्युजिल्यान्डसँग पराजित भएको थियो । कप्तान जोए रुटको नेतृत्वमा इंग्ल्यान्डले पछिल्ला पाँचमध्ये चार टेस्ट सिरिज गुमाएको छ र यसको प्रमुख कारण रहेको छ, टिमको ‘रेस्ट एन्ड रोटेट’ नीति । जस्तै नतिजा आएपनि इंग्ल्यान्ड यो नीति परित्याग गर्ने मनसायमा पनि छैन् ।
पछिल्लो वर्ष मात्र इंग्ल्यान्ड भारतको हातबाट ३–१ ले पराजित भएको थियो । त्यसैले नटिंघममा पहिलो टेस्ट सुरु हुँदा रुट र इंग्ल्यान्डको मनमा पक्कै बदलाको भावना हुनेछ ।
रुट भन्छन् पनि, ‘यो सिरिजको प्रतीक्षामा थिएँ र यसमा राम्रो प्रदर्शनका लागि आतुर छुं । विश्वास गरौं, हामीसँग पूरा सिरिजमा फिट खेलाडी हुनेछन् ।’
भारतका पनि आफ्नै समस्या छन्, जस्तो केही प्रमुख खेलाडी घाइत भएका छन् भने केहीलाई कोरोनाले छोएको छ ।
कप्तान विराट कोहली भने आफ्नो हातमा नभएका परिस्थितिबारे बढी चिन्ता लिनु नहुने मान्छन् । उनी भन्छन्, ‘यो भएन् र त्यो भएन् भने धेरै चिन्ता लिनु ठीक होइन् । हाम्रो लक्ष्य राम्रो खेल्ने र विपक्षी टिमलाई दबाबमा राख्ने नै हो ।’
–रोयटर्सको सहयोगमा ।