काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानको सम्बन्ध कहिले पनि सुमधुर रहेन् । कुनै समय यी दुई देश एउटै विशाल राष्ट्र थिए, पछि अलग भए ।
त्यसयता उनीहरू लगातार विवादमा छन्, युद्धमै होमिएको स्थिति समेत बनिसकेको छ । दुई देशबीचको मतभेदको मुख्य मुद्दा रहेको छ, काश्मिर । काश्मिरको एक भाग भारतमा छ भने अर्को भाग भारत ।
पाकिस्तान नियन्त्रित काश्मिरमा एउटा फ्रान्चाइज क्रिकेट हुन लागेको छ र यो पनि अहिले विवादको अर्को मुद्दा बनेको छ । प्रतियोगिताको नाम रहेको छ, काश्मिर प्रिमियर लिग ।
भारत पाक सम्बन्धका कारण यो प्रतियोगिता कि त हुने नै छैन्, भए पनि यो त्यस्तो प्रतियोगिता हुने छैन्, जस्तो सोचिएको थियो ।
सबैभन्दा पहिले भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई लगातार दबाब दिइरहेको छ, यो प्रतियोगितालाई कुनै पनि हालतमा मान्यता नदिनु ।
काउन्सिलले के निर्णय गर्नेछ, त्यो पछि थाहा होला, तर भारतले यो प्रतियोगितामा खेल्ने भनिएका विदेशी खेलाडीलाई समेत नखेल्ने भनिरहेको छ, धम्कीकै भाषामा ।
बीसीसीआईले भनेको छ, विदेशी खेलाडीमध्ये जो जसले काश्मिरी प्रिमियर लिग खेल्नेछ, तिनलाई भविष्यमा भारतीय क्रिकेटसँग जोडिएका कुनै पनि भूमिकामा सधैंका लागि प्रतिबन्ध लगाइने छ ।
अचेल भारतीय क्रिकेट यो खेलका सबैभन्दा ठूलो शक्ति रहेको छ र यो शक्ति विशेषत: आर्थिक रहेको छ । त्यो पनि इन्डियन प्रिमियर लिगका रूपमा ।
भारतको यो धम्कीपछि केही ठूला नाम काश्मिरी प्रिमियर लिगबाट बाहिरिएका पनि छन्, जस्तो, इंग्ल्यान्डका मोन्टी पेनासर र दक्षिण अफ्रिका हर्सल गिब्स । तय छ, पाकिस्तानलाई बीसीसीआईको यो काममा पटक्कै चित्त बुझिरहेको छैन् ।
त्यसैले उसले चर्को विरोध पनि गरिरहेको छ । तर सबैलाई के पनि थाहा छ भने आजाभोलि विश्व क्रिकेटमा त्यही हुन्छ, जुन भारतले चाहन्छ ।
–ईएसपीएनको सहयोगमा ।