एजेन्सी । अष्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्डमा रहेका वार्नलाई कोरोना पोजेटिभ देखिएको हो ।
अस्वस्थ्य भएपछि पीसीआर परिक्षण गर्दा वार्नलाई कोरोना पोजेटिभ देखिएको बताईएको छ ।
कोरोना पोजेटिभ देखिएपछि वार्न सेल्फ आईसोलेसनमा बसेका छन् ।
स्पिन लिजेण्ड वार्न हन्ड्रेड टिम लण्डन स्प्रिटका मुख्य प्रशिक्षक रहेका छन् ।
५१ वर्षीय वार्नले अष्ट्रेलियाका लागि १ सय ४५ टेस्टमा ७ सय ८ विकेट लिएका थिए ।