श्रीलंकाका तीन खेलाडीलाई प्रतिबन्ध
शनिबार, १६ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले राष्ट्रिय टोलीका तीन खेलाडीलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।
श्रीलंकाले उपकप्तान कुशल मेन्डिस, ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलालाई अन्तराष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको हो ।
तीनै खेलाडीलाई घरेलु क्रिकेटमा ६ महिनाको प्रतिबन्ध गरिएको छ । यस्तै १० मिलियन श्रीलंकन रुपैयाँ जरिवाना गरिएको छ ।
गत जुनमा इंग्ल्यान्ड भ्रमण दौरान कोरोना भाईरसको प्रोटोकल उलंघन गरेको कारण उनीहरुलाई प्रतिबन्ध गरिएको हो ।
तीनै खेलाडी बायो बबल्स उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टरमा गएका थिए । सिटी सेन्टर पुगेको तस्बिर सामाजिक संजालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए ।
नियम उलंघन गरेपछि श्रीलंकाले तत्काल उनीहरुलाई सिरिज खेल्ने टिमबाट निकाल्दै घर फर्काएको थियो ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)


-1765539955299.jpeg&w=3840&q=75)


-1765462956105.jpeg&w=3840&q=75)