एजेन्सी । श्रीलंकाका बलर इसुरु उडानाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३३ वर्षीय उडानाले शनिबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
श्रीलंका क्रिकेटले उडानाले राष्ट्रिय ड्युटीबाट सन्यास लिएको जनाएको छ ।
उडानाले श्रीलंकाका लागि २१ एकदिवसीय र ३५ टी-ट्वान्टी खेलेका छन् ।
सेतो बलमा श्रीलंकन टिमका महत्वपूर्ण सदस्य उडाना टेस्ट टिममा भने पर्न सकेनन् ।
उनले २००९ मा अष्ट्रेलियाविरुद्धको खेलबाट टी-ट्वान्टीमा डेब्यु गरेका थिए ।
यस्तै २०१२ मा भारतविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए ।
उडानाले एकदिवसीयमा श्रीलंकाका लागि २ सय ३७ रन जोड्दा १८ विकेट हात पारेका थिए ।
टी-ट्वान्टीमा उनले २ सय ५६ रन बनाएका छन् भने २७ विकेट लिएका छन् ।