एजेन्सी । भारतका पूर्व बलर विनय कुमार इन्डियन प्रिमियर लिग(आईपीएल)टोली मुम्बई इन्डियन्सको स्काउट टिममा सामेल भएका छन् ।
साविक विजेता मुम्बईले बिहीबार विनयलाई ट्यालेन्ट स्काउट टिममा नियुक्त गरिएको जनाएको छ।
विनय मुम्बईका पूर्व खेलाडी समेत हुन् ।
उनले २०१५ देखि १७ सम्म मुम्बईबाट आईपीएल खेलेका थिए ।
विनयको मुम्बईका म्यानेजमेन्ट टिम र कोचिङ स्टाफसँग निकै नजिक सम्बन्ध रहेको थियो ।
३७ वर्षीय विनयले भारतका लागि १ टेस्ट, ३१ एकदिवसीय र ९ टी-ट्वान्टी खेलेका थिए ।
उनले गत फेब्रुअरीमा खेल जीवनबाट सन्यास घोषणा गरेका थिए ।