एजेन्सी । घरेलु टिम श्रीलंकाले दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ ।
कोलम्बोमा बुधबार राति श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।
यस जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।
भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए । मिनोद भानुकाले ३६ रन जोड्दा वानिन्दु हसरंगाले १५ रन बनाए ।
अभिष्का फर्नान्डोले ११ रन बनाउँदा कप्तान डसुन शनकाले ३ रन बनाएर आउट भए । चामिका करुनारत्ने १२ रनमा अविजित रहे ।
भारतका कुलदिप यादवले २ विकेट लिए। भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो।
भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए। देवदुत पडीकलले २९ रन जोड्दा रुतुराज गायकवाडले २१ रन बनाए । भुवनेश्वर कुमार १३ रनमा अविजित रहे।
श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए। दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरंगाले १/१ विकेट लिए।