काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका पाँच खेलाडी परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका पाँच खेलाडी अटाएका छन् ।
नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ ।
ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।
कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् । हसन ६२ औं स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ९४ औं स्थानमा झरेका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९७ औं स्थानमा झरेका छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ८२ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका छन् ।