एजेन्सी । भारतीय टिम अहिले इंग्ल्यान्डमा छ र दुई टिमबीचको पाँच टेस्टको सिरिज चाँडै सुरु हुँदैछ ।
यस्तोमा हामी इंग्ल्यान्डविरुद्ध भारतका तीन उत्कृष्ट टेस्ट शतकको विश्लेषण गर्दैछौं । कस कसको नाममा रहेको छ त, इंग्ल्यान्डविरुद्ध भारतका उत्कृष्ट यी शतक ?
१. सुनिल गावस्कर, २२१ रन (चौथो टेस्ट, ओभल, सन् १९७९)
सुनिल गावस्करले बनाएको २ सय २१ रनलाई भारतीय टेस्ट क्रिकेटकै सर्वाधिक उत्कृष्ट प्रदर्शन भन्दा पनि हुन्छ । उनको त्यस प्रदर्शनको मदतले भारत झण्डै झण्डै अविश्वसनीय जितको नजिक पुगेको थियो । यसका लागि गावस्करले आठ घण्टा क्रिजमा बिताए ।
टेस्ट सकिंदा भारतले आठ विकेट गुमाएर ४ सय २९ रन बनाएको थियो । त्यसमा गावस्करलाई छाडेर शीर्ष वरीयताका तीन ब्याट्सम्यानले गतिलो योगदान सदन सकेनन् । भारतले जितका लागि ४ सय ३८ रनको लक्ष्य पाएको थियो । तर अन्त्यमा भारतले बराबरीमै चित्त बुझायो ।
२. सचिन तेन्दुलकर, ११९ रन (दोस्रो टेस्ट, म्यानचेस्टर, सन् १९९०)
यो सचिन तेन्दुलरको पहिलो अन्तर्राष्ट्रिय थियो र उनी भर्खर १७ वर्षका थिए । उनको यो प्रदर्शनको मदतले टेस्ट बराबरीमा टुंगेको थियो । खासमा यो टेस्ट ग्राहम गुचको नाममा छ र उनले त्यसमा ३ सय ३३ रन बनाएका थिए ।
त्यसैले यो टेस्टमा बराबरी पनि भारतका लागि जित जत्तिकै थियो । तेन्दुलकर छैटौं क्रममा ब्याटिङका लागि ओर्ले र उत्कृष्ट १ सय १९ रन बनाए । यो यही इनिङ्स हो, जसले विश्व क्रिकेटमा एउटा ठूला स्टार जन्मेको छ भनेर देखाएको थियो ।
३. अजिन्के रहाने, १०३ रन (दोस्रो टेस्ट, लर्डस, सन् २०१४)
पछिल्लो दशक भारतले इंग्लिस भूमिका खालि दुई टेस्टमा मात्र जित निकालेको छ । यसले देखाउने गर्छ, भारत जितका लागि इंग्ल्यान्डमा कति संघर्ष गर्छ भनेर । त्यो वर्ष भारतले प्राप्त गरेको यस जितमा अजिन्के रहानले १ सय ३ रनको सुन्दर प्रदर्शन गरे ।
भारतको जित धेरै अर्थमा सम्झनालायक थियो, किनभने २८ वर्षको अन्तरमा भारतले लर्डसमा पहिलो जित निकालेको थियो । रहाने आफ्नै यो दोस्रो शतक मात्र थियो र उनको यो प्रदर्शनको क्रममा साथी ब्याट्सम्यानले गतिलो साथ पनि दिएनन् ।
–क्रिकेट विजडेनको सहयोगमा ।