एजेन्सी । कोरोना भाईरसबाट संक्रमित अलराउण्डर क्रुनाल पाण्डयाको क्लोज कन्ट्याक्टमा परेका खेलाडीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
घरेलु टिमसँगको टी-ट्वान्टी सिरिजका लागि श्रीलंकामा रहेका क्रुनाललाई मंगलबार कोरोना पुष्टि भएको थियो ।
क्रुनाललाई कोरोना देखिएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका ८ जनाको पीसीआर गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
क्रुनाललाई संक्रमण देखिएपछि मंगलबार तय भएको दोस्रो टी-ट्वान्टी स्थगित गरिएको थियो । स्थगित खेल आज हुनेछ ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा भारत १-० ले अघि रहेको छ ।
अब क्रुनालले भने सिरिजको बाँकी दुबै खेल गुमाउने छन् ।