एजेन्सी । श्रीलंका भ्रमणमा रहेका भारतीय क्रिकेट टिमका सदस्य क्रुनाल पाण्डयालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अलराउण्डर क्रुनाललाई कोरोना देखिएपछि आज हुने दोस्रो टी-ट्वान्टी क्रिकेट स्थगित गरिएको छ ।
भारत र श्रीलंकाबीचको दोस्रो खेल राति ८:१५ बजे सुरु हुने तालिका रहेको थियो ।
क्रुनाललाई कोरोना पुष्टि भएपछि उनीसहित क्लोज कन्ट्याक्टमा परेका खेलाडीलाई सेल्फ आइसोलेसनमा पठाईएको क्रिकइन्फोले जनाएको छ ।
अब दोस्रो टी-ट्वान्टी बुधबार हुने बताईएको छ ।
तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
कोलम्बोमा आइतबार भएको पहिलो खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको थियो ।