एजेन्सी । ब्याट्सम्यान पृथ्वी श र सूर्यकुमार यादव इंग्ल्यान्डविरुद्ध खेल्ने भारतको टेस्ट टिममा सामेल भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले पृथ्वी र सूर्यकुमारलाई टेस्ट टिममा राखिएको जनाएको छ ।
शुबमन गिल, आभेश खान र वासिङ्गटन सुन्दरले चोट बोकेपछि भारतले पृथ्वी र सूर्यकुमारलाई टिममा राखेको हो ।
पृथ्वी र सूर्यकुमार भारतको टी-ट्वान्टी टिमसँग श्रीलंका भ्रमणमा रहेका छन् ।
भारतले इंग्ल्यानसँग पाँच खेलको टेस्ट सिरिज खेल्दैछ ।
पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ ।