मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने

सोमबार, साउन ११, २०७८खेलपाटी संवाददाता
शाहिद अफ्रिदीले काठमाडौंबाट ईपीएल खेल्ने
Classic Tech Internet Ad

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं किङ्स-११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ। अन्तराष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

May be an image of 1 person and text that says 'RAMESH CORP EPL உரச KINGS *Xl* EPL RAMESH "WELCOME TO KATHMANDU KINGS XI" SHAHID AFRIDI'

यसअघि  काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ । 

कार्यक्रममा किग्स इलेभेनका मालिक रोहित गुप्ताले नयाँ सिजन राम्रा खेलाडी अनुबन्ध गर्ने प्रयास गरिरहेको बताए । उनले खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्न सकिनेमा जोड दिदै अन्तराष्ट्रिय खेलाडी नेपाल आउदा पर्यटनमा टेवा पुग्ने धारणा राखे ।

गुप्ताले साहिद अफ्रिदीसंगै विश्व क्रिकेटका ठुला नामले यस सिजन काठमाडौंबाट इपीएल खेल्ने बताए ।

‘विदेशी खेलाडीको केही कोटा बाँकीनै छ । विश्व क्रिकेटमा अझ राम्रो नाम टिममा जोड्ने प्रयास गरिरहेका छौं ।’ उनले भने ।

कठमाडौंले यस सिजन नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने सहित दिपेन्द्र सिंह ऐरीलाई नयाँ सिजनका लागि टिममा समावेश गरेको छ । विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलसमेत काठमाडौंमा आबद्ध छन् ।

टिमका सह–मालिक सञ्जय अग्रवालले कोभिडले अर्थतन्त्रलाई असर गरेको भएपनि खेलकुदमा लगानी गर्न आफुहरु इपीएलमा सहभागी भएको बताए । उनले व्यवसायसंगै सामाजिक उत्तरदायित्व अघि बढाउन प्रतियोगितामा लगानी गरेको धारणा राखेका थिए ।

 प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति