काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एकाउन्ट अफिसर (लेखा अधिकारी) पदका लागि कर्मचारी माग गरेको छ ।
क्यानले सोमबार एक सूचना निकाल्दै एकाउन्ट अफिसर पदका लागि कर्मचारी मागेको हो ।
इच्छुक व्यक्तिले आगामी अगस्ट १ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ ।
क्यानले यस पदका लागि उम्मेदवार दिनेको न्युनतम योग्यता ब्याचलर पास र ३ वर्ष काम गरेको हुनु पर्ने जनाएको छ ।