एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले बंगलादेश भ्रमण गुमाउने भएका छन् ।
चोटको कारण फिन्चले अगस्टमा तय भएको बंगलादेश भ्रमण गुमाउने भएका हुन् ।
३४ वर्षीय फिन्चले वेस्ट इन्डिज भ्रमण दौरान घुँडाको चोट बोकेका थिए ।
दाहिने घुँडामा लागेको चोटको कारण फिन्चले वेस्ट इन्डिजविरुद्धको अन्तिम एकदिवसीय पनि खेल्ने छैनन् ।
फिन्च चोटको शल्यक्रिया गर्नका लागि अष्ट्रेलिया फर्किसकेका छन् ।
उनी टी-ट्वान्टी विश्वकपसम्म ठिक हुने योजनामा रहेका छन् ।
अष्ट्रेलियाले बंगलादेश भ्रमणलाई विश्वकपको तयारीको रुपमा लिएको छ ।
ढाकामा हुने सिरिज अगस्ट ३ मा सुरु हुनेछ ।