एजेन्सी । बंगलादेशले घरेलु टिम जिम्बावेविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
हरारेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
जिम्बावेले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बंगलादेशको जितमा सौम्य सरकारले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महमुदउल्लाहले ३४ रन जोड्दा शामिम होसेनले अविजित ३१ रन बनाए । शकिब अल हसन २५ रनमा आउट भए ।
जिम्बावेका लुक जङ्वे र ब्लेसिङ मुजराबानीले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
जिम्बावेका लागि वेस्ली माधिभिरेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । रेगिस चाकभाले ४८ रन जोड्दा रायन ब्रुलले अविजित ३१ रन बनाए ।
बंगलादेशका सौम्य सरकारले २ विकेट लिए ।