काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले आइतबार अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यस अघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्याण्ड भन्दा अघि रहेको छ ।
नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।
टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ ।
नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमै रहेको छ ।
यस अघिको वरीयतामा समेत नेपाल १६ औं स्थानमै रहेको थियो ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।
भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।