एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएर पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा निकोलस पुरनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
जासन होल्डरले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेले । साई होपले ३८ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । एडम जाम्पाको नाममा २ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि वेस अगरले सर्वाधिक ४१ रन जोडे । म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन जोड्दा मिचेल स्टार्कले १९ रन बनाए ।
वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिए । शेल्ड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।
यससँगै वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय सिरिजमा १-१ को बराबरी गरेको छ ।
पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो । दुई टिमबीचको अन्तिम खेल सोमबार हुनेछ ।