एजेन्सी । घरेलु टोली वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय क्रिकेट स्थगित भएको छ ।
वेस्ट इन्डिजका स्टाफमा कोरोना देखिएपछि खेल स्थगित गरिएको हो । दुई टिमबीचको खेल बिहीबार राति हुने तय थियो ।
खेलको टस समेत भएको थियो । अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो ।
तर, वेस्ट इन्डिजको स्टाफमा कोरोना पुष्टि भएपछि सुरु हुन् केहि मिनेट अघि खेल स्थगित गरिएको हो ।
तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।
पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको थियो ।