आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पदीय मर्यादा भूलेर ओलम्पिकमा म्यानेजर 

बुधबार, ०६ श्रावण २०७८हिम बिक्रम केसी
पदीय मर्यादा भूलेर ओलम्पिकमा म्यानेजर 
Loading ad...
mustang rice ad

काठमाडौं । वामदेव गौतमकी श्रीमती तुलासा थापा टोकियो ओलम्पिकमा म्यानेजर बनेर गएको विषय अहिले चर्चामा छ ।

वामदेवकी श्रीमती टोकियो ओलम्पिकमा जानै नहुने, म्यानेजर बन्नै नपाउने भने हैन । 

तुलसा टोकियो नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव हुन् । उनी नेपाल कबड्डी संघको अध्यक्षको हैसियतमा एनओसी पुगेकी हुन् । तर सांसद समेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा पदीय मर्यादा भूलेर जुडोको म्यानेजर बनेर ओलम्पिक पुगेकी छिन् । जुडोको अफिसियल (म्यानेजर)को रुपमा तुलसालाई एनओसीले जापान लगेको हो ।

ओलम्पिकमा आबद्ध राष्ट्रिय संघको अध्यक्ष अर्को संघको म्यानेजर बनेर ओलम्पिक पुग्ने तुलसा एक्ली पात्र भने हैनन् ।

ओलम्पिकमा आबद्ध नेपालको राष्ट्रिय संघका ५ अध्यक्ष नै अर्को खेलको म्यानेजर बनेर टोकियो पुगेका छन् ।

नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडो खेलको म्यानेजर बनेर ओलम्पिक पुगेका छन् ।  तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा सुटिङ खेलको म्यानेजर बनेर जापान उडेका छन् । बक्सिङ संघका अध्यक्ष राम अवाले स्विमिङ खेलको म्यानेजर बनेर जापान उडेका छन् भने एनओसी उप–महासचिव पिताम्बर तिम्सिना एथलेटिक्स खेलको म्यानेजर बनेर जापान जादैछन् । 

तिम्सिना एथलेटिक्सबाट प्रतिनिधि बनेर ओलम्पिक पुगेका हुन् । तर एथलेटिक्समा तिम्सिनाको काम र प्रभाव शुन्य छ । एथलेटिक्सको प्रतिनिधि भएपनि आवश्यक समन्वय नगर्दा यसपटकको ओलम्पिकमा समेत एथलेटिक्सको छनोट विवादमा पर्यो । प्रतियोगिताका लागि नाम पक्का गरेर करिब ८ महिना अभ्यास गरेको म्याराथन धावक गोपीचन्द्र पार्की अन्तिम समयमा ओलम्पिक जान पाएनन् ।

एथलेटिक्सकै अफिसियल (म्यानेजर) बनेर ओलम्पिक जाने सूचिमा रहेका राखेपका उपाध्यक्ष शिव कोईरालाले टोकियो जाने सूचिबाट नाम फिर्ता लिएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीसंग सम्बन्धित खेलका आबद्ध अफिसियल पठाउनुपर्ने भएपनि एनओसीले पदाधिकारीलाई विदेश घुमाउने मौकाको रुपमा ओलम्पिकलाई उपयोग गर्दै आएको छ ।

ओलम्पिकले सहभागी खेलाडीको व्यवस्थापनका लागि एक अफिसियल (म्यानेजर)को कोटा सम्बन्धित ओलम्पिक कमिटीलाई दिने गर्छ । तर एनओसीले आफ्ना पदाधिकारीलाई भिन्न खेलको म्यानेजर बनाएर विदेश घुमाउने गरेको छ । विदेश मोहकै कारण राष्ट्रिय खेल संघका अध्यक्ष म्यानेजरको हैसियतमा ओलम्पिक घुमेर फर्कने गरेका छन् । पदीय गरिमालाई भूलेर म्यानेजरको हैसियतको ओलम्पिक घुम्ने प्रचलन नेपालमा नयाँ हैन । तर यही गलत संस्कार नेपाली खेलकुदको परम्परा बनेको छ ।

राखेपका पूर्व सदस्य सचिव युवराज लामा पदीय गरिमा बिर्सिएर खेलकुदका पदाधिकारी ओलम्पिक जानुले नैतिक प्रश्न खडा गरेको बताउँछन् । 

'सरकारी पैसामा विदेश घुम्न खेल पदाधिकारी जसरी लालायित देखिन्छन्, यो एनओसी र सम्बन्धित पदाधिकारीका लागि नैतिक प्रश्न हो । मान्छेभित्रको मान्छे मरेपछि के हुन्छ ? विगतदेखि देखिएको यहीनै हो ।’ लामा भन्छन् ।

कराँतेका पूर्व अन्तराष्ट्रिय खेलाडी समेत रहेका लामा एनओसीमा आबद्ध अन्य संघले यस विषयमा नबोल्दा बेतिथी यथावत रहेको बताए ।  

'देशमा प्रतिनिधित्व गर्ने विषयमा खेलकुदका पदाधिकारीको जवाफदेहीता र नैतिकताको प्रश्न हो । हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकता देखिन्छ । यो घोर अनौतिक र भ्रष्टाचार हो ।’ उनी भन्छन्, 'एनओसीकै पदाधिकारीले यसको विरोध गरेको देखिदैन । बरु साथ दिने गरेको छ । निश्चित मापदण्ड बनाएर राज्य अघि नबढ्ने हो भने समस्या यथावत रहनेछ ।’

ओलम्पिकको यसअघिका संस्करणमा समेत नेपालबाट भागबण्डका आधारमा पदाधिकारी विदेश घुम्न जाने गरेका छन् ।

देशको प्रतिनिधित्व गर्दै ओलम्पिक जाने विषयमा एनओसीमा खासै छलफल हुने नगरेको एक जना पदाधिकारीले खेलपाटीलाई बताए । एनओसी नेतृत्वले आफु अनुकुलका पदाधिकारीलाई ओलम्पिक लगायतका अन्तराष्ट्रिय प्रतियोगितामा विदेश सयरको मौका दिने गरेको छ । तर एनओसीमा आबद्ध संघका पदाधिकारी नेतृत्वको गलत निर्णयमा प्राय मौन बस्ने गरेका छन् ।

'सबैले अवसर पाउनुपर्छ । ओलम्पिक जानेले खेलाडीलाई हौसला भर्दिन पर्छ ।’ ओलम्पिकमा प्रतिनिधित्व गर्ने एक खेल संघका अध्यक्षले खेलपाटीसंग भने, 'यो एक प्रकारले ठिकै हो । चार वर्षमा एक पटक आउने ओलम्पिक सबैले अवसर आउन पर्छ । भोलि हाम्रो पनि अवसर आउछ । ओलम्पिकले गरेको निर्णयमा कुनै आपत्ति छैन ।’

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । खेलाडी सहित करिब २३ जनाको टोली ओलम्पिक कमिटीको निर्णय अनुसार टोकियो पुग्दैछ । नेपाल ओलम्पिक कमिटीले राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभाष श्रेष्ठलाई एनओसी कर्मचारीको हैसियतमा जापान पुर्याएको छ । सामान्यता एनओसीका कर्मचारी जानु पर्ने कोटामा राखेपका दुई बोर्ड सदस्य जापान पुगेका छन्, कर्मचारीको हैसियतमा ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल 'सेभ द मिसन’ रहेको नेपाली टोलीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने टिपोटकार रुपमा सम्मिलित छन् ।  

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने