गोलकिपर बेगोभिच एभर्टनमा
बुधबार, साउन ६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब एभर्टनले बोस्नियाका गोलकिपर अस्मिर बेगोभिचलाई अनुबन्धित गरेको छ ।
एभर्टनले च्याम्पियनसिप क्लब बर्नेमाउथबाट गोलकिपर बेगोभिचलाई अनुबन्धित गरेको हो ।
३४ वर्षीय गोलकिपरले एभर्टनसँग एक वर्षको सम्झौता गरेका छन् ।
एभर्टनले सम्झौता थप गर्ने विकल्प समेत दिएको छ ।
एभर्टनले स्टोक्स र चेल्सीका पूर्व गोलकिपर बेगोभिचलाई दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
एभर्टनले मंगलबार विंगर आन्द्रोस टाउनसेन्डलाई अनुबन्ध गरेको थियो ।
बेगोभिचले विभिन्न क्लबबाट ४ सय बढी खेल खेलिसकेका छन् ।
उनले प्रिमियर लिगमा २ सय ५२ खेल खेलिसकेका छन् ।
बोस्नियाका लागि उनले ६३ खेल खेलेका छन् ।






-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




