काठमाडौं । नेपालकी उपकप्तान सिता राना मगरको आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सिताको वरीयता सुधार भएको हो ।
नयाँ वरीयतामा सिता ९२ औं स्थानमा रहेकी छिन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन् ।
अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानीङ चौंथो र अष्ट्रेलियाकी एलिसा हेली पाँचौ स्थानमा रहेकी छिन् ।
नेपाल आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा समेत यथावत रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो ।
नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो ।
नेपाल एकदिवसीय महिला वरीयतामा भने अटाउन सकेको छैन ।