युवा मिडफिल्डर अल्बर्ट आर्सनलमा
सोमबार, साउन ४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ ।
आर्सनलले बेल्जियमको क्लब एण्डरलेक्टबाट अल्बर्टलाई अनुबन्ध गरेको हो ।
बेल्जियमका युवा खेलाडीले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२१ वर्षीय मिडफिल्डर २०२६ सम्म आर्सनलमा रहने छन् ।
एण्डरलेक्टको एकेडेमीमा हुर्किएका उनले २०१७ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
उनले एण्डरलेक्टका लागि ७८ खेल खेलेका छन् ।
अल्बर्ट बेल्जियमको यू-२१ टोलीका सदस्य समेत हुन् ।






-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




