एजेन्सी । बंगलादेशले घरेलु टिम जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।
हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा जिम्बावेलाई ३ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।
जिम्बावेले दिएको २ सय ४१ रनको लक्ष्य बंगलादेशले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहदै ९६ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद सैफुदीन २८ रनमा अविजित रहे ।
यस्तै लिटोन दास २१ रनमा आउट हुँदा कप्तान तमिम इकबाल २० रनमा आउट भए । जिम्बावेका लुक जङ्वीले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
जिम्बावेका लागि वेस्ली माधिभेरेले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान ब्रेण्डन टेलरले ४६ रन जोड्दा डियोन मेयर्सले ३४ रन बनाए । शिकन्दर राजाले ३० रन बनाए भने रेगिस चाकबभा २६ रनमा आउट भए ।
बलिङमा बंगलादेशका शोरिफिल इस्लामले ४ विकेट लिए । शकिब अल हसनको नाममा २ विकेट रह्यो ।
यस जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।
पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ५५ रनले हराएको थियो ।