एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तीन देशलाई एसोसियट राष्ट्रको सदस्यता प्रदान गरेको छ ।
आईसीसीको ७८ औं वार्षिक साधारणसभाले मंगोलिया, ताजिकिस्तान र स्विट्जरल्यान्डलाई एसोसियट राष्ट्रको मान्यता दिएको हो ।
आईसीसीको मान्यतासँगै मंगोलिया एसिया क्षेत्रको २२ औं र ताजिकिस्तान २३ औं एसोसियट राष्ट्र बनेको छ ।
स्विट्जरल्यान्ड भने आईसीसीको सदस्यता पाउने युरोपको ३५ औं राष्ट्र बनेको छ ।
तीन राष्ट्रले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।
यस्तै आईसीसीसँग आबद्द राष्ट्रको संख्या १ सय ६ पुगेको छ ।